आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पहिरोका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो

मंगलबार, साउन २० २०८२
पहिरोका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो

निरन्तर वर्षाका कारण कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ। प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

गुल्मी- कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिराका कारण सडक अवरुद्ध भएका छन्। 

जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका  वडा नं १, २ र ३ स्थित गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

रिडी-वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका-६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका-८ तल्लाफाँट र रिडी-खर्ज्याङ सडक पनि अवरुद्ध भएको छ।

विगत तीन दिनदेखि गुल्मीसहित आसपास क्षेत्रमा निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। निरन्तर वर्षाका कारण कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend