आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पहिरोले दाङ-सल्यान सडक अवरुद्ध

मंगलबार, साउन २० २०८२
पहिरोले दाङ-सल्यान सडक अवरुद्ध
फाइल तस्बिर।

यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

दाङ- अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्ड अवरुद्ध भएको छ।

दाङ-सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराई जानकारी दिए।

लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका-३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन्। सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।

यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend