सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

नेपाली बजारमा भित्रियो जिलीको ईएक्स फाइभ ईभी

images
सोमबार, साउन १९ २०८२
images
images
नेपाली बजारमा भित्रियो जिलीको ईएक्स फाइभ ईभी
images
images

काठमाडौं- नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ। नयाँनयाँ मोडल भित्रिरहँदा ग्राहकका लागि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। 

images

यसैबीच जिली अटो होल्डिङ ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स फाइभ सिरिज नेपाल भित्रिएको छ। 

images
images

एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स फाइभ प्रो र जिली ईएक्स फाइभ म्याक्स नेपाल भित्र्याएको हो। यी मोडलहरू स्नोह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्रवोइज ग्रिन गरी ५ रङमा उपलब्ध छन्।   

images
images
images

यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ। 

आधिकारीक आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा २ लाख किमिसम्म वारेण्टिसमेत दिएको जनाएको छ।

यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किलोघण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ।

सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ।

नेपाली बजारका लागि ईएक्स फाइभ प्रो को मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने ईएक्स फाइभ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ। कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ प्रदान गर्ने जनाएको छ।  


प्रकाशित : सोमबार, साउन १९ २०८२१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend