सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

भारतसँग जोडिएको महेशपुर मूल भन्सारको सडक निर्माणका लागि दोस्रोपटक म्याद थप

सोमबार, साउन १९ २०८२
भारतसँग जोडिएको महेशपुर मूल भन्सारको सडक निर्माणका लागि दोस्रोपटक म्याद थप

थपिएको म्यादसम्म सडकको काम सम्पन्न नगरेपछि ठेकेदारलाई कानूनबमोजिम कारबाही गरिने इन्जिनियरको भनाइ छ।

नवलपरासी- भारतसँग जोडिएको महेशपुर मूल भन्सारको सडक निर्माणका लागि दोस्रोपटक म्याद थपिएको छ।

बर्दघाट सुस्तापश्चिम नवलपरासी महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर र सुनवल बजारमा पाँचसय मिटर सडक निर्माण गर्न २०८० बैशाखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवल र गौरीशंकर हिमालयन कन्ट्रक्सन कम्पनीबीच सम्झौता भएको थियो।

हालसम्म ४० प्रतिशत काम भएको डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्रले बताए। स्थानीयको भौतिक संरचना, बिजुलीको खम्बा सार्नुपर्नेलगायत कामका कारण ठेकेदारले समयमै काम सम्पन्न गर्न नसकेको प्रमुख मिश्रको भनाइ छ।

महेशपुर सडकको काम सम्पन्न गर्न दोस्रोपटक (अन्तिम) म्याद थप गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर सुशील पौडेलले बताए। थपिएको म्यादसम्म सडकको काम सम्पन्न नगरेपछि ठेकेदारलाई कानूनबमोजिम कारबाही गरिने उनको भनाइ छ।

बिजुलीको खम्बालगायत संरचना सार्नुपर्ने भएकाले समयमा काम सम्पन्न गर्न नसकिएको गौरीशंकर हिमालयन कन्ट्रक्सन कम्पनीका सञ्चालक मणिराम लामाले बताए। आगामी कात्तिक महिनासम्म काम सम्पन्न गर्नेगरी निर्माण भइरहेको उनले बताए।

निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि यति बेला वर्षा भएपछि भारतबाट आउने मालवाहक सवारी तथा यात्रुलाई हिलोमा आवतजावत गर्न समस्या भइरहेको पाल्हीनन्दन गाउँपालिका-२ का वडाध्यक्ष जगदीश गुप्ताले बताए।

उनका अनुसार जिल्लाको पाल्हीनन्दन गाउँपालिका-१ महेशपुरदेखि भक्सीपुरसम्म ढल निकाससहित सडक निर्माणका लागि गौरीशंकर हिमालयन कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको हो। रासस


प्रकाशित : सोमबार, साउन १९ २०८२१४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend