सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

पहिरो खसेपछि बुटवल-नारायणगढ सडक अवरुद्ध, यात्रु र चालक बीच बाटोमै अलपत्र

सोमबार, साउन १९ २०८२
पहिरो खसेपछि बुटवल-नारायणगढ सडक अवरुद्ध, यात्रु र चालक बीच बाटोमै अलपत्र

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

नवलपरासी- बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिरनजिकै पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमवार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो १:०० बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको हो।

एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताए। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

सडक अवरुद्ध भएपछि अहिले सयौँ यात्रु र चालक बिच बाटोमै अलपत्र परेका छन्। बुटवल-नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, साउन १९ २०८२१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend