सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाऔँ : यातायातमन्त्री देवेन्द्र दाहाल

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १९ २०८२
यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाऔँ : यातायातमन्त्री देवेन्द्र दाहाल

छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन नविन प्रविधि र शैलीलाई अनुशरण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनु पर्नेमा जोड दिएका छन्। 

सोमबार ललितपुरमा भएको काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका बारेमा जाइकाले गरेको अध्ययन बारेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले पनि लाभ लिन सक्नुपर्ने बताए।

छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन नविन प्रविधि र शैलीलाई अनुशरण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ। 

अब परम्परागत रुपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नु पर्नेमा जोड दिए। 

यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्बन्ध र सहकार्यलाई समेत बढाउनुपर्ने बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शुशिलबाबु ढकालका अनुसार जाइकाले तीन वर्षभन्दा लामो समय लगाएर काठमाडौंको सहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन गरेको हो। ट्राफिक लाइट तथा इन्टरसेक्सन व्यवस्थापनलगायतका बारेमा जाइकाले विभिन्न गाइडलाइनसहित सुझाव दिएको छ।


प्रकाशित : सोमबार, साउन १९ २०८२१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend