शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पानी परेपछि सुनसरीका किसान खुसी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १९ २०८२
पानी परेपछि सुनसरीका किसान खुसी

इनरुवा र भोक्राहाको सीमामा रहेको सुनसरी खोला, बूढी खोला, सप्तकोशी नदी, कोसी कटान क्षेत्र, मरिया खोला, गडनलगायतका खोलानालामा पानीको सतह बढेको स्थानीयवासीले बताएका छन्।

सुनसरी- लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन्।

सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो। 

वर्षा नभएका कारणले अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई शनिबारदेखि भएको वर्षाले ठूलो राहत भएको भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवले बताए। पानी नभएर रोपाइँ गर्न नपाएका किसान समेत अहिले रोपाइँ गर्नका लागि जुटेको स्थानीय किसान बबलु खड्गाले बताए। 

पानीले नभएकाले सुक्न थालेको रोपो र बीउ समेत जोगाउनका लागि मद्दत पुगेको र रोपाइँ गर्न बाकी रहेका किसान समेत रोपाइँमा जुटेको स्थानीय चन्दन मेहताको भनाइ छ। भूमिगत सिचाइँको प्रयोग गरेर केही किसानखेती गरेको भए पनि पानी अभावका कारणले खाद्यमल प्रयोग गर्नका लागि समेत समस्या हुँदै आएको थियो। 

पानी परेपछि धान रोप्न बाँकी क्षेत्रमा काम सुरु भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले बताए। जिल्लामा नहरबाट पानी लाग्ने र मोटर तथा पम्पसेट चल्ने क्षेत्रमा निरन्तर धान रोपाइँ भइरहेको छ भने आकाशेपानीले अन्य ठाउँमा समेत धान रोपाइँ गर्न सहयोग भएको छ । पानी परेपछि सुक्खा रहेको खोलानालामा जलसतह समेत बढेको छ।

सुनसरी सदरमुकाम इनरुवा र भोक्राहाको सीमामा रहेको सुनसरी खोला, बूढी खोला, सप्तकोशी नदी, कोसी कटान क्षेत्र, मरिया खोला, गडनलगायतका खोलानालामा पानीको सतह बढेको स्थानीयवासीले बताएका छन्। रासस


प्रकाशित : सोमबार, साउन १९ २०८२१२:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend