सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

उत्पादक देशहरूको उत्पादन बढाउने तयारीपछि घट्यो पेट्रोलियमको मूल्य, रसियन तेल खरिदको विषयमा भारतीय अडान कायमै

सोमबार, साउन १९ २०८२
उत्पादक देशहरूको उत्पादन बढाउने तयारीपछि घट्यो पेट्रोलियमको मूल्य, रसियन तेल खरिदको विषयमा भारतीय अडान कायमै

पाकिस्तानसँग वाणिज्य वार्ता गर्दै ट्रम्पले पाकिस्तानको प्रसंशा गर्दै भारतको कडा आलोचना गरेका थिए। त्यसपछि पनि भारत रसियन तेल खरिद गर्ने विषयबाट टसमस नभएपछि ट्रम्पका दूतहरूले पनि कडा आलोचनालाई निरन्तरता दिएका छन्।

काठमाडौं- रसियाबाट पेट्रोलियम खरिदको विषयमा भारत र अमेरिकाबीच विवाद बढेको छ। अमेरिकी दाबाबका बीच पनि भारतले रसियाबाट तेल खरिदबाट पछि नहट्ने संकेत दिएपछि ट्रम्प प्रशासनका अधिकारीहरू भारतप्रति क्रुद्ध भएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि आक्रमण गरिरहेको रसियन तेल खरिद गरेर युद्धलाई बल पुर्‍याएको भन्दै खरिद रोक्न भारतमाथि दबाब बढाएका थिए। अमेरिकी तथा युरोपेली दबाबका बीच पछिल्लो समय भारतले भने रसियाबाट तेल खरिदलाई निरन्तरता दिएको छ।

भारतीय बजारमा अमेरिकी कृषि उपज, रक्षा सामग्री तथा पेट्रोलियम खुला हुनुपर्ने अडान राख्दै अमेरिकाले भारतमाथि २५ प्रतिशतको भन्सार महसुल लगाउने घोषणा गरिसकेको छ। चीन, ब्राजिलपछि भारतप्रति अमेरिका सख्त प्रस्तुतमात्र भएको छैन अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय अर्थतन्त्रलाई ‘डेड इकोनोमी’ को नाम दिएका छन्। 

पाकिस्तानसँग वाणिज्य वार्ता गर्दै ट्रम्पले पाकिस्तानको प्रसंशा गर्दै भारतको कडा आलोचना गरेका थिए। त्यसपछि पनि भारत रसियन तेल खरिद गर्ने विषयबाट टसमस नभएपछि ट्रम्पका दूतहरूले पनि कडा आलोचनालाई निरन्तरता दिएका छन्। 

रसियाबाट तेल खरिद गर्ने विषयमा अमेरिकासँग भारतको तनाब बढिरहेकै समयमा पेट्रोलियम उत्पादक मुलुकहरूको संगठन ओपेक प्लसले तेल उत्पादन बढाउने घोषणा गरेको छ। सेप्टेम्बरदेखि दैनिक ५ लाख ४७ ब्यालेर उत्पादन पुर्‍याउने घोषणा भएको छ। योसँगै तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ओरालो लागेको छ। 

अमेरिकाले रसियन तेल खरिदमा कडाइ गर्ने भएपछि तेल उत्पादकहरूले पनि उत्पादन बढाउने तयारी गरेका छन्। त्यस्तै अमेरिकी तेल पनि विश्वका विभिन्न मुलुकमा जानेगरी अमेरिकाले वाणिज्य वार्ता गरिरहेको छ। 

अमेरिकाको भन्सार महसुल प्रहार, वाणिज्य वार्ता र तेल खरिदमाथिको कडा सर्तले अन्तर्राष्ट्रिय बजारलाई तरल बनाइदिएको छ। 

रसियन तेल खरिद गर्ने मुलुकमाथि अमेरिका कडा रुपमा प्रस्तुत हुने संकेत दिएको छ। युक्रेनसँगको युद्धलाई रोक्न अमेरिकाले यो रणनीति लिएको हो। 


प्रकाशित : सोमबार, साउन १९ २०८२१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend