सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सिँचाइ विभागको महानिर्देशकमा मित्र बराल, भन्छन् - सिँचाइ समस्या द्रुत मार्गबाट समाधान हुन्छ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १९ २०८२
सिँचाइ विभागको महानिर्देशकमा मित्र बराल, भन्छन् - सिँचाइ समस्या द्रुत मार्गबाट समाधान हुन्छ

'राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्र सम्पन्न भएमा गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा मिल्छ। राष्ट्रिय ध्येय पूरा हुन्छ।'

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ।बरालले विभागको ३०औँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गरेका छन्।

नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रुपमा जागिरे जीवन सुरु गरेका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा सुरु गरेका हुन्।  विभाग मातहातका ठूला सिँचाइ आयोजनामा काम गरिसकेका विज्ञको रुपमा चिनिन्छन्। 

पदबहाली गरेसँगै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए। 'हामीसँग पर्याप्त पुँजी छ, दक्ष छौँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी परियोजना छिटो सम्पन्न गर्ने हामीसँग अत्याधुनिक प्रविधि छ', उनले भने, 'यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन।'

महानिर्देशक बरालले राष्ट्रिय गौरबका आयोजनालाई सधैँभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोड दिए।   

उनले भने, 'राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्र सम्पन्न भएमा गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा मिल्छ। राष्ट्रिय ध्येय पूरा हुन्छ।'

आइतबार पद बहाली गर्दै उनले तराई-मधेशमा सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझै रहेको उल्लेख गर्दै सिँचाइको समस्यालाई ‘द्रुत मार्ग’ र दीर्घकालीन गरी दुई चरणमा समाधान खोज्न सकिने र त्यसका लागि विभाग तयार रहेको बताए। 

नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै भने 'हामीसँग पर्याप्त पुँजी छ, दक्ष छौंँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, यसैगरी योजनालाई छिटो सम्पन्न गर्ने हामीसँग आधुनिक नवीनतम प्रविधि छ। यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्नेबाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन।'

‘टिम इफोर्ट’ बिना काम सफल नहुने जनाउँदै उनले ‘टिमको स्प्रिट’मै रहेर सबैले अहोरात्र खटिनुपर्नेमा जोड दिए। आफ्नो कार्यकालमा देशभरका थुप्रै आयोजनामा गरेका अनुभव र जिम्मेवारीको महत्व प्रकाश पार्दै नवनियुक्त महानिर्देशक बरालले उपत्यका बाहिर जिम्मेवारी लिएर जाँदा आफू नौ वर्षमा काठमाडौंँ आएर विभागमा पाइला टेकेको अनुभव सुनाए। रासस


प्रकाशित : सोमबार, साउन १९ २०८२१०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend