सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १९ २०८२
महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले १ लाख ९ हजार ९ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो।

कञ्चनपुर- कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। 

'महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ' उनले भने 'महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ।'

उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले १ लाख ९ हजार ९ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो। रासस


प्रकाशित : सोमबार, साउन १९ २०८२१०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend