सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

‘५ वर्षसम्म शून्य खर्च’ अफरसहित सार्वजनिक भयो नयाँ दिपल एस०७ आईसीए

नेपालको ‘बेस्ट लुकिङ ईभी’ दिपल एस०७ मा अब ‘नेक्स्ट-लेभल कनेक्टिभिटी’

images
आइतबार, साउन १८ २०८२
images
images
‘५ वर्षसम्म शून्य खर्च’ अफरसहित सार्वजनिक भयो नयाँ दिपल एस०७ आईसीए

यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ। दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४ सय १० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिनेछ।

images
images

काठमाडौं- नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आफ्नो लोकप्रिय एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ। 

images

नेपालको लक्जरी ईभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत ईभीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। 

images
images

नेपालको सबैभन्दा सुन्दर ईभीका रुपमा आफूलाई स्थापित गर्न सफल दिपल एस०७ आईसीए भेरियन्ट नयाँ एक्साइटिङ कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ। यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ। दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४ सय १० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिनेछ। 

images
images
images

‘नयाँ दिपल एस०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर ईभी हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९ सय ५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ। यो नयाँ ईभीको सार्वजनिकीकरणले एमएडब्लू नेपालको ईभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ।’

नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट

नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ। यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ। कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ। साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ। 

लक्जरी र प्रविधिको नयाँ उचाइ

दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिङ सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्नेछ। यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका इन्डस्ट्री फर्स्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ। 

यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिङ असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिक ग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ।

‘जेरो ओनरसीप कस्ट फर फाइभ इयर’ अफर

दिपल एस०७ र्आइसीएको लन्चकै अवसरमा एमएडब्लू वृद्धिले बेजोड स्किम ‘जेरो ओनरसिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ। यो स्किममा ग्राहकले दिपल ईभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन। दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउनेछन्। यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी ईभी दिपल एस०७ सहजैसँग खरिद गर्न सक्नेछन्। 

नयाँ दिपल एस०७ आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्टिङक एसयूभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ।


प्रकाशित : आइतबार, साउन १८ २०८२१८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend