सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सडक सुरक्षालाई कानूनीरुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा : मन्त्री दाहाल

आइतबार, साउन १८ २०८२
सडक सुरक्षालाई कानूनीरुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा : मन्त्री दाहाल

नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने उनले बताए।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताएका छन्।

आज ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल-नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसीसम्बन्धमा आयोजित दुईदिने कार्यक्रमको समापन समारोहमा उनले सडक सञ्जाल विस्तारका क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको बताए।

नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दाहालको भनाइ छ।

सडक सुरक्षालाई कानूनीरुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, साउन १८ २०८२१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend