सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

आइतबार, साउन १८ २०८२
बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो।

भोजपुर- टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो।

बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए। बजारमाथिको डाँडामा ढुंगा उत्खनन गरिँदा बस्तीलाई असर परेको उनको भनाइ छ।

'पाँचधारे बजार पहिराको जोखिमा परेको छ', वडाध्यक्ष माङ्गपाहाङ्गले भने, 'अहिले पहिरो चलिरहेको छ। ठूलो मनसुनी बर्सात भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ।'

बजार क्षेत्रका आठवटा घर पहिराको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए। यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ।

अहिले पनि जमिन चर्किएको स्थानमा सामन्य पहिरो गइरहेको अध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए। समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उनले बताए। रासस


प्रकाशित : आइतबार, साउन १८ २०८२११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend