सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने बेला आयो : पूर्वाधारमन्त्री दाहाल

आइतबार, साउन १८ २०८२
काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने बेला आयो : पूर्वाधारमन्त्री दाहाल

काठमाडौंं उपत्यका आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली निकै दबाबमा रहेको उनले बताए।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने बेला आएको बताएका छन्। काठमाडौं उपत्यका संघीय राजधानी एवम् सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा उनको जोड छ।

आइतबार ललितपुरमा आयोजित काठमाडौंं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्यांकनसम्बन्धी सरोकारवालाहरुको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौंं, ललितपुर र भक्तपुर जिल्लाहरू समेटिएको काठमाडौंं उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली निकै दबाबमा रहेको बताए।

सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजनायता यातायातको अवस्था निकै बिग्रिएको र बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम, ढिलाइ र वायु प्रदूषण बढेको मन्त्री दाहालको ठम्याइ छ।

जसले यातायातलाई मात्र होइन, आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेकाले यसको व्यवस्थापनमा ढिलाइ गर्न नहुने उनको भनाइ छ। उनले भने, ‘हामीले अहिले पनि निर्णायक कदम नचाले अवस्था थप बिग्रनेछ, जसले उपत्यकाको दिगोपनलाई खतरामा पार्नेछ। यो परियोजना छोटो र दीर्घकालीन समाधानहरू खोज्ने हाम्रो अन्तिम अवसर हुन सक्छ।’

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले उपत्यकाको यातायात व्यवस्थापनका लागि गर्नुपर्ने सहयोग र समन्वयका लागि मन्त्रालय तयार रहेको बताए।

पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले जिवन्त र सास्कृतिक काठमाडौंं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायातका लागि बहुपक्षीय समन्वयको आवश्यक्ता रहेको बताए।


प्रकाशित : आइतबार, साउन १८ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend