सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सातै प्रदेशमा पानी पर्ने सम्भावना, यी स्थानमा भारी वर्षा हुने

आइतबार, साउन १८ २०८२
सातै प्रदेशमा पानी पर्ने सम्भावना, यी स्थानमा भारी वर्षा हुने

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ, जसका कारण सबै प्रदेशमा मौसम बदली र वर्षा भइरहेको हो।

काठमाडौं- देशभर मनसुनजन्य गतिविधि सक्रिय रहेकाले अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ, जसका कारण सबै प्रदेशमा मौसम बदली र वर्षा भइरहेको हो।

आइतबार बिहानैदेखि सातै प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। मधेश प्रदेशका आठै जिल्लामा वर्षा मापन गरिएको छ।

दिउँसो देशभर सामान्यतया बदली रहने र अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

रातिको पूर्वानुमान अनुसार, देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित बाँकी तराई भूभागका धेरै स्थान र पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने देखिएको छ।

यस्तै, राति पनि कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन १८ २०८२०६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend