आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
images
images

बागलुङका खानेपानी मुहानमा ‘कोलिफर्म’, उमालेर वा शुद्धिकरण गरेर मात्रै पानी पिउन डाक्टरको सुझाव

images
शनिबार, साउन १७ २०८२
images
images
बागलुङका खानेपानी मुहानमा ‘कोलिफर्म’, उमालेर वा शुद्धिकरण गरेर मात्रै पानी पिउन डाक्टरको सुझाव

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका १० वटै पालिकाका तीनसय ४१ मुहानको पानी परीक्षण गर्दा एकसय २५ मुहानमा कोलिफर्म फेला परेको हो।

images
images

बागलुङ- बागलुङमा वर्षेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका १० वटै पालिकाका तीनसय ४१ मुहानको पानी परीक्षण गर्दा एकसय २५ मुहानमा कोलिफर्म फेला परेको हो।

images

जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ। यस पालिकामा एकसय ६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए।

images
images

उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ। बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको हो।

images
images
images

ढोरपाटन नगरपालिकामा पाँच वटामा जाँच गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उनको भनाइ छ। निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्यले बताए।

‘अघिल्लो वर्ष परीक्षण गर्दा एकसय तीन वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर एकसय २५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरी बस्नु भएकाे छ’ उनले भने, ‘हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जाने छौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ।’

धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाखालको रोग लाग्न सक्ने बताए।

कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले सुझाउँछन्।सबैभन्दा बढी कोलिफर्म देखिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले मुहान सरसफाइ र संरक्षणमा लागेको बताए।

कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ। पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार नागरिकलाई सहज रूपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाउन थालेको उपप्रमुख शर्मा बताउँछन्। रासस


प्रकाशित : शनिबार, साउन १७ २०८२१४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend