सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

कर्णाली सरकारले पैतृक सम्पत्तिमा बढायो कर

शुक्रबार, साउन १६ २०८२
कर्णाली सरकारले पैतृक सम्पत्तिमा बढायो कर

शतप्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन्।

मुगु- कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ। आथिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो।

मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर ३० लाख रूपैयाँसम्मको थैली अंक शून्य दशमलव दुई प्रतिशत, ३० लाख रूपैयाँदेखि दुई करोड रूपैयाँसम्मको थैली अंकमा शून्य दशमलव तीन प्रतिशत र दुई करोड रूपैयाँभन्दा माथिको थैली अंकमा शून्य दशमलव पाँच प्रतिशत राजस्व तोकिएको थियो।

चालु आथिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा ३० लाख रूपैयाँसम्मको थैली अंकमा एक दशमलव पाँच प्रतिशत, ३० लाखदेखि दुई करोड थैली अंकमा दुई प्रतिशत र दुई करोडदेखि माथिको थैली अंकमा दुई दशमलव पाँच प्रतिशत पुर्‍याइएको छ।

यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा ३० लाख रूपैयाँसम्मको एक प्रतिशत, ३० लाख रूपैयाँदेखि दुई करोडसम्मको थैली अंकमा एक दशमलव पाँच प्रतिशत र दुई करोड रूपैयाँभन्दा माथिको थैली अंकमा दुई प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिए।

शतप्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन्।

छायानाथ रारा नगरपालिका-२ चैन गाउँका नवराज चौलागाईँले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताए। रासस


प्रकाशित : शुक्रबार, साउन १६ २०८२१७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend