सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन नौ खानेपानी आयोजना सञ्चालनमा

शुक्रबार, साउन १६ २०८२
नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन नौ खानेपानी आयोजना सञ्चालनमा

१० करोड ३७ लाख ९५ हजार रूपैयाँको लागतमा निर्माण गरिएका ती खानेपानी आयोजनाबाट एक हजार ५७ घरधुरी लाभान्वित भएका छन्।

नवलपरासी- बर्दघाट सुस्तापश्चिम नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका नौ खानेपानी योजना सञ्चालनमा आएका छन्।

संघीय सरकारको चार आयोजना तथा प्रदेश सरकारको पाँच आयोजना आर्थिक वर्ष २०८१/८२ देखि सञ्चालनमा ल्याइएको नवलपरासी खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश न्यौपानेले बताए।

उनका अनुसार मुढाहा खानेपानी आयोजना, भगवती मन्दिर खानेपानी आयोजना, बन्देवी खानेपानी आयोजना, कुनुवार खानेपानी योजना र कञ्चनपुर खानेपानी आयोजना लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो।

यस्तै, बर्दघाट-१ पञ्चनगर खानेपानी आयोजना, दाउन्नेदेवी खानेपानी आयोजना, सुक्रौली खानेपानी आयोजना तथा छिबनी खानेपानी आयोजना संघीय सरकारको लगानीमा बनेको हो।

प्रत्येक नागरिकले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने उद्देश्यका साथ संघीय सरकार र प्रदेश सरकारले खानेपानी सञ्चालन गर्न ११ करोड २४ लाख ७७ हजार रूपैयाँ विनियोजन गरेकामा १० करोड ३७ लाख ९५ हजार रूपैयाँको लागतमा निर्माण गरिएका हुन्। ती योजनाबाट एक हजार ५७ घरधुरी लाभान्वित भएका प्रमुख न्यौपानेले बताए।

छिबनी खानेपानी सञ्चालनमा आएपछि दुईसय ३५ धारा जडान गरिएका छिबनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए। यस्तै, कुनुवार खानेपानी सञ्चालनमा आएपछि ७० धारा जडान गरिएका छन्।

धारा जोड्ने काम भइरहेको कुनुवार खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र यादवले बताए। रासस


प्रकाशित : शुक्रबार, साउन १६ २०८२१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend