सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

शुक्रबार, साउन १६ २०८२
गोरखामा जडीबुटीबाट २० लाख राजस्व

मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी संकलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ।

गोरखा- जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्षमा २० लाख १६ हजार ४०४ रूपैयाँ राजस्व दाखिला भएको छ।

गत आव विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन्।

मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी संकलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ। आयोजनाले १२ लाख ७० हजार ४१९ रूपैयाँ राजस्व संकलन भएको जनाएको छ।

गत आव ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट १० लाख ८९ हजार ८९० रूपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए।

मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व संकलन गरिएको हो।

गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट संकलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले सात लाख ४५ हजार ९८५ रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

कार्यालयले सबैभन्दा धेरै जटामसीबाट तीन लाख ५६ हजार २५० रूपैयाँ संकलन गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १६ २०८२११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend