सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १५ २०८२
पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको बढ्यो

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार बिहीबार मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोलको मूल्य घटाउँदा डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएसँगै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ।

त्यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

निगमले एलपी ग्यासको खुद्रा मूल्य भने यथावत रहेको जनाएको छ। समायोजन गरिएको नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ।

 


प्रकाशित : बिहीबार , साउन १५ २०८२२२:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend