सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई लेट मेइनका सेवा र कोरियन प्रोडक्टमा विशेष छुट

बिहीबार , साउन १५ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई लेट मेइनका सेवा र कोरियन प्रोडक्टमा विशेष छुट

छुट सुविधाको उपभोगका लागि ग्राहकहरुले बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई लेट मेइनका सेवाहरुमा विशेष छुट मिल्ने भएको छ।

काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र संस्थाबीच सम्झौता भएको हो।

यस सम्झौतासँगै बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु हेयर ट्रान्सप्लान्ट, एन्टी एजिङ ट्रिटमेन्ट लगायतमा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन्।

छुट सुविधाको उपभोगका लागि ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ। यस सहकार्यले मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।


प्रकाशित : बिहीबार , साउन १५ २०८२१७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend