सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

स्टार्टप उद्यमीमाझ प्रधानमन्त्री ओलीले भने - नेपाल बन्छ, गरेर देखाऔँ

बिहीबार , साउन १५ २०८२
स्टार्टप उद्यमीमाझ प्रधानमन्त्री ओलीले भने - नेपाल बन्छ, गरेर देखाऔँ

विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

'हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौँ। त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ। हाम्रो देश अरूले आएर बनाइदिँदैन। हामीले नै बनाउने हो। प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादन वृद्धिमा लाग्न सक्नेछौँ', प्रधानमन्त्री ओलीले भने, 'हामी सबै लागेमा ‘वी क्यान डू’.... नेपाल बन्छ।' रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend