सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तीर्थराज चिलवाल

बिहीबार , साउन १५ २०८२
राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तीर्थराज चिलवाल

तर पछिल्लो समय राजस्व अनुसन्धान विभागको गतिविधि सुस्त देखिएको छ।

काठमाडौं- सहसचिव तीर्थराज चिलुवाल राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको विभागमा चिलवाल महानिर्देशक बनेका हुन्। 

यसअघि आन्तरिक राजस्व विभागको उपमहानिर्देशक रहेका चिलवाललाई अनुसन्धानमा पठाइएको हो। यसअघिका महानिर्देशक अवकाशमा गएपछि विभागको महानिर्देशक खाली थियो। 

राजस्व प्रशासनमा अनुभव भएका चिलवालसँग विभिन्न सरकारी निकायमा बसेर काम गरेको अनुभव छ। राजस्व प्रशासनबाहेक सीडीओ भएर पनि काम गरेका थिए। त्यस्तै, वाणिज्य विभागको महानिर्देशक भएका उनी अख्तियारमा पनि काम गरेका सहसचिव हुन्। 

विभिन्न क्षेत्रमा हुने राजस्व छली, विदेशी मुद्राको अपचलन लगायतका विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दै अभियोजन गर्दै आएको छ। तर पछिल्लो समय राजस्व अनुसन्धान विभागको गतिविधि सुस्त देखिएको छ। 

 


प्रकाशित : बिहीबार , साउन १५ २०८२१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend