सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध

बिहीबार , साउन १५ २०८२
वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध

कालीगण्डकी करिडोर, डोल्पा-भेरी करिडोर सडक, पृथ्वी राजमार्गलगायत सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका हुन्।

काठमाडौं- मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरुद्ध भएका हुन्।

अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।

बागलुङको बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही रुकुम सहिद राजमार्ग र रुकुमपश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा-भेरी करिडोर सडक पूर्णरूपमा अवरोध भएका प्रहरीले जनाएको छ।

यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी-जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend