सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

ट्राफिक कारबाही : दुई करोड ४१ लाख राजस्व संकलन

बिहीबार , साउन १५ २०८२
ट्राफिक कारबाही : दुई करोड ४१ लाख राजस्व संकलन
फाइल तस्बिर

आव २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम संकलन भएको हो।

बागमती- मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ रूपैयाँ राजस्व संकलन गरेको छ। 

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम संकलन भएको हो।

आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ६९ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए। रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend