सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

पहिरोले कालीगण्डकी सडक अवरुद्ध

बिहीबार , साउन १५ २०८२
पहिरोले कालीगण्डकी सडक अवरुद्ध

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो।

गुल्मी- पहिरोका कारण कालीगण्डकी सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गंगाबहादुर सारुले जानकारी दिए।

पहिरो पन्छाउने प्रयास जारी छ। रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend