सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

बुधबार, साउन १४ २०८२
बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

काठमाडौं- बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि कार्यदल गठन गरिएको छ। अर्थ मन्त्रालयले बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजकत्वमा कार्यदल गठन गरेको हो।

कार्यदलमा बजेट महाशाखाका उपचिव, कानून तथा फैसला महाशाखाका उपसचिव सदस्य छन् भने विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी छन्। कार्यदलको सदस्य सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन्।

चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ३५९ मा विनियोजन कुशलता कायम गरी सार्वजनिक वित्तको प्रभावकारिता वृद्धि गर्ने, बजेट अनुशासनबाट सार्वजनिक खर्चको उपलब्धि बढाउने, संघीय सञ्चित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुढृढ बनाउने उल्लेख छ।

यसैगरी, सार्वजनिक ऋणको उत्पादनशील उपयोग र दिगोपन सुनिश्चित गर्ने र राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने उल्लेख छ।

बजेटको बुँदा नं. ३७१ मा संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानून निर्माण गर्ने र तीनै तहमा लागु हुनेगरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ।


प्रकाशित : बुधबार, साउन १४ २०८२१६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend