सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडक पुनः बन्द

बुधबार, साउन १४ २०८२
बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडक पुनः बन्द
फाइल तस्बिर

भारी वर्षा भइरहेका कारण पटकपटक आउने बाढीप्रति पूर्वसावधानी अपनाउँदै नदी किनारको तटीय क्षेत्रमा बसोबास नगर्न जिल्लावासीलाई आग्रह गरिएको छ।

रसुवा- नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गएराति पुनः आएको बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडकमा क्षति पुर्‍याएको छ। बन्द सडक खुलाउन काम सुरु भइसकेको जनाइएको छ।

ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना ठूला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्णरूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापनका अध्यक्षसमेत रहेका उनले चिनियाँ भूभागमा भारी वर्षा भइरहेका कारण पटकपटक आउने बाढीप्रति पूर्वसावधानी अपनाउँदै नदी किनारको तटीय क्षेत्रमा बसोबास नगर्न जिल्लावासीलाई आग्रह समेत गरे।

गएरातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको समेत प्रजिअ पौडेलले जानकारी दिए। ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गएराति नै तटीय क्षेत्रमा जानकारी गराइएको थियो। रासस


प्रकाशित : बुधबार, साउन १४ २०८२१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend