सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

बुधबार, साउन १४ २०८२
भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ।

नुवाकोट- आज बिहान ३ बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ। बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ।

रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ।

बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५ स्थित ‘त्रिशूली-काठमाडौं प्रसारण लाइन’को स्टेसनमा क्षति भएको छ। रासस


प्रकाशित : बुधबार, साउन १४ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend