सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सिराहामा मापदण्डविपरीत सञ्चालित खानेपानी उद्योगहरु कारबाहीमा

बुधबार, साउन १४ २०८२
सिराहामा मापदण्डविपरीत सञ्चालित खानेपानी उद्योगहरु कारबाहीमा

इलाका प्रशासन कार्यालयको नेतृत्वमा मंगलबार भएको संयुक्त अनुगमनमा  चारवटा उद्योगलाई  पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।

सिराहा- सिराहाको लाहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा परेका छन्।

इलाका प्रशासन कार्यालयको नेतृत्वमा मंगलबार भएको संयुक्त अनुगमनमा चारवटा उद्योगलाई  पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।

लाहान-१ स्थित ‘सीता मिनीरल वाटर इन्डष्ट्री’ तथा ‘फ्रेण्डस इन्टरनेसनल नेपाल’, लाहान-३ को ‘केबी एण्ड सन्स नेपाल’ र धनगढीमाई-१० को ‘केएल मिनीरल वाटर’लाई कारबाही गरिएको इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिए।

संयुक्त अनुगमन टोलीमा लाहान नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए। रासस

प्रकाशित : बुधबार, साउन १४ २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend