शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेक्स्ट-जेन मारुती सुजुकी अल्टो ८०० हुँदैछ यी परिवर्तन, यही वर्ष आउने

सोमबार, फागुन ९ २०७८
नेक्स्ट-जेन मारुती सुजुकी अल्टो ८०० हुँदैछ यी परिवर्तन, यही वर्ष आउने

काठमाडौं- भारतीय बजारमा सर्वाधिक रुचाइएको सस्तो को हो मारुती सुजुकी अल्टो ८००। यो कार भारतको सवार्धिक बिक्री हुने मात्र नभएर मासिक रुपमा सबैभन्दा धेरै बिक्री हुनेमा समेत पर्छ। भारतीय कार बजारमा प्रतिस्पर्धा तिब्र हुँदै भएको छ। 

त्यसैको फलस्वरुप मारुती सुजुकीले आफ्नो सर्वाधिक बिक्री हुने कार अल्टो ८०० को नयाँ पुस्ता ल्याउने तयारी गरेको हो। कम्पनीले अल्टो ८०० को नेक्स्ट जेनेरेसन ल्याउने बताएको र यो २०२२ भित्रै सार्वजनिक हुने जनाएको छ। नयाँ आउने अल्टो ८०० मा यी कुराहरु परिवर्तन हुने छन्। 

नयाँ अल्टो ८०० लाइट वेइट ह्याचब्याक के प्लेटफर्ममा निर्माण हुनेछ। यो कार एस–प्रेसोृजस्तै देखिने अनुमान गरिएको छ। साविक अल्टो भन्दा नयाँ अल्टो थप आकर्षक हुनेछ। 

नयाँ अल्टो ८०० मा पनि समान ७ सय ९६ सीसी थ्री सिलिन्डर नेचुरल्ली-एस्पायर्ड पेट्रोल इन्जिन हुनेछ। यो इन्जिनले ६९ एनएम पिक टर्कमा ४८ बीएस अधिकतम् पावर दिनेछ। ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको अल्टो ८०० मा कम्पनीले नयाँ जेनेरेसनमा अटोमेटिक ट्रान्समिसन समेत उपलब्ध गराउने अनुमान गरिएको छ। 

नयाँ अल्टोको टेप भेरियन्टमा स्मार्टप्ले इन्फोटेनमेन्ट सिस्टम, पावर वीन्डो, एलईडी डीआरएल, ह्वील क्याप, ईबीडीसहित एबीएस, रिभर्स पार्किङ सेन्सरलगायत विशेषता समावेस हुनेछन्। 

मारुती सुजुकी अल्टो नेपाली बजारमा समेत लोकप्रिय रहेको छ। इन्ट्रिलेवल कारमा अल्टो ८०० धेरैको रोजाइमा पर्ने गरेको छ। उत्कृष्ट माइलेज र हाइ ग्राउन्ड क्लियरेन्स, उपयुक्त मूल्य, राम्रो रिसेल भ्यालूलगायत कारण अल्टो ८०० धेरै नेपालीको रोजाइमा परिरहेको छ।


प्रकाशित : सोमबार, फागुन ९ २०७८०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend