सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

बंगलादेश, भुटान, भारत र नेपालबीच व्यापार र आर्थिक सहकार्य बढाउन पूर्वाधारमा ठूलो लगानी आवश्यक : चन्द्र ढकाल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १३ २०८२
बंगलादेश, भुटान, भारत र नेपालबीच व्यापार र आर्थिक सहकार्य बढाउन पूर्वाधारमा ठूलो लगानी आवश्यक : चन्द्र ढकाल

उनले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन्। 

३१ औँ कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले आयोजना गरेको नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। 

उनले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

'भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधार विकासले समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ, उनले भने, नेपालमा सडक, रेल, विमानस्थल र गोदाम पूर्वाधार अझै अपर्याप्त छन्। विशेषगरी सीमा नाकाहरू र मुख्य व्यापार मार्गहरूमा लजिस्टिक्स हबहरूको आवश्यकता छ।' लजिस्टिक्स विकासले नेपालको निर्यात वृद्धि र विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

अध्यक्ष ढकालले प्रभावकारी र डिजिटल लजिस्टिक्स प्रणालीले व्यवसाय र उद्योगहरूको लागत घटाउने र सस्तो आपूर्ति श्रृंखला निर्माण गर्ने बताए। नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि समुद्री पहुँचको महत्व पनि उनले जोड दिए।  

यातायात र ढुवानी क्षेत्रमा निजी क्षेत्रको शतप्रतिशत लगानी रहेको उल्लेख गर्दै उनले यो क्षेत्रको विकासको लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए। साथै उनले यसको लागि सार्वजनिक निजी साझेदारी मोडलअनुसार काम गर्न चाहे निजी क्षेत्र तयार रहको बताए। 

अध्यक्ष्ना ढकालले ढुवानी सेवामा लगाइएको मूल्य अभिवृद्धि करले ढुवानी सेवा प्रभावित भएको र सामानको मूल्यवृद्धि भई उपभोक्ताहरूलाई चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको बताउँदै यसले नेपालको निर्यात व्यापारमा ह्रास र व्यापार घाटा बढ्ने जोखिम रहेको धारणा राखे। 

सरकारको कानूनका गरेका संशोधन,बजेटमा उल्लेख भएका व्यवस्था तथा मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने कतिपय विषयहरुको कार्यान्वयनमा समस्या भएको गुनासो गर्दै सरकारलाई विश्वासका साथ काम गर्न आग्रह गरे।  

साथै अध्यक्ष ढकालले नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले स्थापनाकालदेखि नै कार्गो सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यसको भूमिका थप प्रभावकारी हुने अपेक्षा व्यक्त गरे। 


प्रकाशित : मंगलबार, साउन १३ २०८२१७:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend