सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

वैकल्पिक उपाय अपनाएर भएपनि द्रुतमार्गलाई सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री ओली

सोमबार, साउन १२ २०८२
वैकल्पिक उपाय अपनाएर भएपनि द्रुतमार्गलाई सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री ओली

'हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु।'

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौं-तराई/मधेस द्रुतमार्गलाई सम्पन्न गर्नुपर्ने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले उक्त सडकले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताएका हुन्। 

'द्रुतमार्गको खोकना-डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो। खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ। वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ। हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु', प्रधानमन्त्री ओलीले लेखेका छन्।

उनले काठमाडौं-तराई/मधेस द्रुतमार्ग मुलुकको रणनैतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको बताएको उल्लेख गरेका छन्। रासस


प्रकाशित : सोमबार, साउन १२ २०८२१८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend