सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

सोमबार, साउन १२ २०८२
एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

आयोजनाको लागत करिब ६६ करोड १८ लाख ९४ हजार रूपैयाँ रहने छ।

काठमाडौं- एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्कीको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ।

करिब ६६ करोड १८ लाख ९४ हजार लागतको उक्त आयोजनामा बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहनेछ।

मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले विसं २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ।

उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी भइरहेको बैंकले जनाएको छ।

एनएमबि बैंकले देशभर रहेका आफ्ना २०२ शाखा कार्यालय, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।


प्रकाशित : सोमबार, साउन १२ २०८२१८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend