आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

धितोपत्र बोर्डको जिम्मेवारीमा निरज गिरी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
images
images
धितोपत्र बोर्डको जिम्मेवारीमा निरज गिरी

नेपाल धितोपत्र  बोर्डको नयाँ जिम्मेवारी निरज गिरीलाई दिएको छ। यसअघिका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बन भएपछि बोर्डको कार्यकारी निर्देशक गिरीलाई बोर्डको जिम्मेवारी दिएको हो।

images
images

काठमाडौं- नेपाल धितोपत्र  बोर्डको नयाँ जिम्मेवारी निरज गिरीलाई दिएको छ। यसअघिका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बन भएपछि बोर्डको कार्यकारी निर्देशक गिरीलाई बोर्डको जिम्मेवारी दिएको हो। सोमबारबाटै गिरीले बोर्डको दैनिक प्रशासनिक कार्य संचालन गर्ने र बोर्ड संचालन जिम्मेवारी समाल्ने छन्। 

images
images
images

गिरीका अनुसार बोर्ड बैठक अर्थमन्त्रालयको प्रतिनिधित्व राखेर संचालन गर्न सकिने छ। 'अहिलेसम्म कसले प्रस्ताव लैजाने भन्ने थियो अब बैठकको नेतृत्व मसहित अर्थमन्त्रालयको प्रतिनिधित्व हुने गरी बोर्ड संचालन हुने छ,’ गिरीले  भने। 

images

अर्थ मन्त्रालयले निमित्त अध्यक्ष सरहकै जिम्मेवारी गिरीलाई प्रदान गरेको छ। त्यस्तै अर्थ मन्त्रालयले बोर्डमा नयाँ प्रतिनिधि समेत  पठाएको गिरीले बताए। यसअघि बोर्डको संचालक समितिको सदस्यको रुपमा अर्थ मन्त्रालयले रामेश्वर दंगाललाई पठाएकोमा उनलाई फिर्ता बोलाएर शोभाकान्त पौडेललाई पठाएको हो। पौडेल हाल आन्तरिक राजश्व विभागमा महानिर्देशक समेत हुन्।  

images
images
images

सरकारले बोर्ड अध्यक्ष ढुंगानालाई गत भदौ १६ गते निलम्बन गरेको थियो। सरकारले उनलाई निलम्बन गर्दै उनीमाथि छानबीन गर्न समिति समेत गठन गरेको हो। हाल समितिले उनी माथि छानबीन गरिरहेको छ। बुक बिल्डिङमार्फत सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्दा अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो।


प्रकाशित : मंगलबार, भदौ २९ २०७८१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend