सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

६४ लाख राहदानी छपाइका लागि जर्मन कम्पनी भेरिडोससँग सम्झौता

सोमबार, साउन १२ २०८२
६४ लाख राहदानी छपाइका लागि जर्मन कम्पनी भेरिडोससँग सम्झौता

काठमाडौं- ६४ लाख राहदानी छपाइका लागि छनोट भएका दुईवटा कम्पनीमध्ये एक कम्पनीसँग राहदानी विभागले सम्झौता गरेको छ। विभागले प्याकेज २ अन्तर्गतको कामका लागि जर्मन कम्पनी भेरिडोससँग सम्झौता गरेको हो।

प्याकेज १ अन्तर्गतको कामका लागि जर्मन कम्पनी मुलबाउर छनोट भएको छ। उक्त कम्पनीसँग भने सम्झौता हुने चरणमा छ। 

प्याकेज १ मा 'स्टिम इन्क्लुडिङ प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी'को काम रहेको छ भने प्याकेज २ मा 'बुकलेट, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ' रहेको छ।  

योसँगै राहदानी छपाइका लागि कम्पनी छनोटमा देखिएको विवाद समाधान भएको छ। राहदानी छपाइका लागि प्राविधिकरुपमा सफल कम्पनीहरूमध्येबाट कम रकम कबुल गर्ने कम्पनीको नाममा विभागले जेठ २२ गते आशयपत्र जारी गरेको थियो।

आशयपत्र जारी भएसँगै प्राविधिकरुपमा सफल भएको फ्रान्सेली कम्पनी आईडीईएमआईएले कम्पनी छनोटमा विरोध जनाउँदै विभागमा उजुरी गरेको थियो।

विभागमा परेको उजुरीउपर विभागले दिएको जवाफमा आईडीईएमआईएले चित नबुझेको भन्दै सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको थियो। सार्वजनिक खरिद पुनरावलोकन समितिले आईडीईएमआईएले गरेको माग दाबी नपुग्ने भन्दै निर्णय सुनाएको हो। 

योसँगै विभागले ६४ लाख राहदानी छपाइका लागि दुई जर्मन कम्पनी मुलबाउर र भेरिडोससँग  सम्झौता गरेको हो। योसँगै एमआरपी राहदानी छपाइदेखि ५१ लाख विद्युतीय राहदानी छपाइमा एकाधिकार गर्दै आएको आईडीईएमआईए बाहिरिएको छ।


प्रकाशित : सोमबार, साउन १२ २०८२१७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend