सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व संकलन

सोमबार, साउन १२ २०८२
यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व संकलन

कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा १२ करोड ९५ लाख ३३ हजार रूपैयाँ बढी राजस्व संकलन गरेको हो।

झापा- यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा एक अर्ब ६ करोड १७ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा १२ करोड ९५ लाख ३३ हजार रूपैयाँ बढी राजस्व संकलन गरेको हो।

यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। आव २०८१/८२ मा १३ हजार ९७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७७८ जनाले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उनले बताए।

यसैगरी, कार्यालयले एक वर्षमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरेको छ। आव २०८१/८२ मा  सबैभन्दा धेरै चार हजार ९६२ मोटरसाइकल दर्ता हुँदा तीन हजार ४१० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिए।

सो अवधिमा दुई हजार ६८८ ई-रिक्सा, ७६७ ई-स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए। रासस


प्रकाशित : सोमबार, साउन १२ २०८२१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend