सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

रोजगारीका लागि विदेश पठाइदिने भन्दै १७ लाखभन्दा बढी ठगी, तीनजना पक्राउ

सोमबार, साउन १२ २०८२
रोजगारीका लागि विदेश पठाइदिने भन्दै १७ लाखभन्दा बढी ठगी, तीनजना पक्राउ

पीडितको उजुरीको आधारमा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

काठमाडौं- आकर्षक तलबमा रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ परेका छन्।

प्रहरीले ठगी अभियोगमा टोखा बस्ने नुवाकोटका ४२ वर्षीय हेमबहादुर तामाङ, स्याङ्जाकी ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी बस्ने काभ्रेकी ६१ वर्षीया मैयादेवी उप्रेतीलाई पक्राउ गरेको हो।

पक्राउमध्ये हेमबहादुरले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ७० हजार रूपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र मैयादेवीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएका थिए।

पीडितको उजुरीको आधारमा काठमाडौंका विभिन्न स्थानबाट शनिबार र आइतबार पक्राउ गरिएको हो।

पक्राउमध्ये ईश्वरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा हेमबहादुर र मैयादेवीलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : सोमबार, साउन १२ २०८२१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend