सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

गत आर्थिक वर्ष वीरगञ्ज नाकाबाट १५ अर्ब १३ करोड रुपैयाँको धानचामल आयात

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १२ २०८२
गत आर्थिक वर्ष वीरगञ्ज नाकाबाट १५ अर्ब १३ करोड रुपैयाँको धानचामल आयात

गत आर्थिक वर्षमा ४७ करोड मूल्यबराबरको ९१ लाख ९२ हजार ९८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ।

पर्सा- वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १५ अर्ब १३ करोड रुपैयाँको धानचामल आयात भएको छ। जसमा १२ अर्ब ७२ करोड रुपैयाँबराबरको ३१ करोड ३८ लाख ६५ हजार ४ सय ७३ किलो धान र २ अर्ब ४१ करोड रुपैयाँबराबरको दुई करोड ४८ लाख १३ हजार ५३१ किलो चामल 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आवमा आठ अर्ब २९ करोड मूल्यबराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको थियो। 

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवमा अघिल्लो आवको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको जानकारी दिए। गत आवमा धान मात्रै नभएर चामल आयातमा पनि वृद्धि भएको छ।

आव २०८१/८२ मा दुई अर्ब ४१ करोड मूल्यबराबरको दुई करोड ४८ लाख १३ हजार ५ सय ३१ किलो चामल आयात भएकोमा अघिल्लो आवमा एक अर्ब ७३ करोड मूल्यबराबरको एक करोड ३२ लाख ४१ हजार ३ सय ७६ किलोग्राम चामल आयात भएको थियो। 

अघिल्लो आवको तुलनामा गत आवमा मूल्यको आधारमा ४० प्रतिशतले चामल आयात बढेको छ। गत आर्थिक वर्षमा छ अर्ब ७३ करोड मूल्यबराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलो मकै आयात भएको छ। जब कि अघिल्लो आवमा पाँच अर्ब ५९ करोड मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात भएको थियो। 

गत आर्थिक वर्षमा ४७ करोड मूल्यबराबरको ९१ लाख ९२ हजार ९८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ। जब कि अघिल्लो आवमा ४३ करोड मूल्यबराबरको ८४ लाख ९५ हजार ४४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो।

त्यसैगरी गत आवमा चार करोड मूल्यबराबरको आठ लाख ४७ हजार ७८० किलोग्राम कनिका आयात भएको छ। 


प्रकाशित : सोमबार, साउन १२ २०८२१०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend