सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

चितवन चनौलीमा देखिएको विद्युत समस्या समाधान, आइतबार साँझदेखि नियमित बिजुली

सोमबार, साउन १२ २०८२
चितवन चनौलीमा देखिएको विद्युत समस्या समाधान, आइतबार साँझदेखि नियमित बिजुली

नेपाल विद्युत प्राधिकरण (नेविप्रा) वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको प्रत्यक्ष निरीक्षण र पहलमा समस्या समाधान भएको हो।

चितवन- चनौली क्षेत्रमा पछिल्ला दिनमा देखिएको विद्युत आपूर्तिको समस्या समाधान गरी सेवा पुनः नियमित बनाइएको छ।

नेपाल विद्युत प्राधिकरण (नेविप्रा) वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको प्रत्यक्ष निरीक्षण र पहलमा समस्या समाधान भएको हो।

श्रेष्ठ आज बिहानैदेखि चनौलीस्थित साइटमा खटिएर समस्या पहिचान तथा समाधानमा जुटेका थिए। उनको नेतृत्वमा सवस्टेसनमा आवश्यक सुधार तथा क्षमता विस्तारको कार्य तुरुन्तै सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ।

चनौली वितरण केन्द्रका अनुसार आजै साँझदेखि क्षेत्रको विद्युत सेवा नियमित रूपमा सञ्चालनमा आइसकेको छ। यसअघि केही स्थानमा देखिएको अव्यवस्थित लोड व्यवस्थापनका कारण अस्थायी समस्या देखिएको थियो।

यसैबीच, हालै सामाजिक सञ्जालमार्फत फैलिएको लोडसेडिङसम्बन्धी अफवाहप्रति नेपाल विद्युत प्राधिकरणले गम्भीर ध्यानाकर्षण जनाएको छ। त्यस्ता भ्रामक सूचना नफैलाउन सम्बन्धित सबैलाई आग्रह गर्दै प्राधिकरणले आधिकारिक स्रोतबाट मात्रै सूचना लिन उपभोक्तालाई अनुरोध गरेको छ।

प्राधिकरणले कुनै पनि समस्या वा जानकारीका लागि उपभोक्ताहरूलाई नजिकको वितरण केन्द्र वा ग्राहक सेवा कक्षमा सम्पर्क गर्न पनि सुझाव दिएको छ।


प्रकाशित : सोमबार, साउन १२ २०८२०८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend