सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ, मधेश प्रदेशमा सबैभन्दा ढिलो

सोमबार, साउन १२ २०८२
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ, मधेश प्रदेशमा सबैभन्दा ढिलो

देशभर आइतबारसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्मको अवस्था अघिल्लो वर्षको तुलनामा केही कम रहेको छ।

काठमाडौं- देशभर आइतबारसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्मको अवस्था अघिल्लो वर्षको तुलनामा केही कम रहेको छ।

प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत र लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। यस्तै, कर्णाली प्रदेशमा ९१.३८ प्रतिशत, वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत, कोशी प्रदेशमा ८०.३९ प्रतिशत र गण्डकी प्रदेशमा ८५.५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

मधेश प्रदेशमा भने हालसम्म जम्मा ५१.८२ प्रतिशत भूभागमा मात्र रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। लगातारको पानीको अभावका कारण रोपाइँ सुस्त रहेको बताइएको छ।

गत वर्षको यही मितिसम्म (साउन १३) ९२.६ प्रतिशत भूभागमा रोपाइँ भइसकेको थियो। तर, यस वर्ष विशेषगरी मधेश प्रदेशलगायतका केही क्षेत्रमा वर्षा कम हुँदा कुल रोपाइँको प्रगति अपेक्षाकृत कम देखिएको मन्त्रालयले उल्लेख गरेको छ। रासस


प्रकाशित : सोमबार, साउन १२ २०८२०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend