सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

देशभर मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षाको सम्भावना

सोमबार, साउन १२ २०८२
देशभर मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकासहित कोशीदेखि सुदूरपश्चिमसम्म विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टाको अवधिमा सिन्धुपाल्चोकको नुर्पुगाउँमा १२२.२ मिलिमिटर र धनकुटाको त्रिवेणीमा ११२.६ मिलिमिटर गरी दुई ठाउँमा सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

महाशाखाले मनसुन सक्रिय रहेकाले नदी–नाला र पहिरोको जोखिम रहेका स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ। रासस


प्रकाशित : सोमबार, साउन १२ २०८२०७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend