सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

दफावार छलफलका लागि पर्यटन विधेयक राष्ट्रियसभाबाट विधायन समितिमा पठाइयो

आइतबार, साउन ११ २०८२
दफावार छलफलका लागि पर्यटन विधेयक राष्ट्रियसभाबाट विधायन समितिमा पठाइयो

राष्ट्रियसभाको अर्को बैठक यही साउन १४ गते बुधबार दिउँसो १:१५ बजे बस्नेछ।

काठमाडौं- राष्ट्रियसभाले ‘पर्यटन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राखेको उक्त विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए।

राष्ट्रियसभाको अर्को बैठक यही साउन १४ गते बुधबार दिउँसो १:१५ बजे बस्नेछ। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२१६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend