सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

चिया निर्यात ३२ प्रतिशतले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ११ २०८२
चिया निर्यात ३२ प्रतिशतले बढ्यो

कार्यालयको तथ्यांकअनुसार आव २०८१/८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ। उक्त एक वर्षको अवधिमा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ।

भद्रपुर- मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांकअनुसार (साउन-असार) सम्ममा चार अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाँको चिया निर्यात भएको हो। 

एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए। आव २०८०/८१ मा तीन अर्ब १७ करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको उनले बताए। 

कार्यालयको तथ्यांकअनुसार आव २०८१/८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ। उक्त एक वर्षको अवधिमा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो आव २०८०/८१ को सोही अवधिमा सात अर्ब ९३ करोड नौ लाख ९० हजार बराबरको अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए। 

कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ७२ दशमलव ३० प्रतिशत, फलामे पाता एक दशमलव आठ प्रतिशत, प्लाइउड सात दशमलव ६० प्रतिशत र मोलासिसको निर्यातमा दुई सय ४७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ। 

त्यसैगरी सिमेन्ट क्लिंकर १३ प्रतिशत, अदुवा ६० दशमलव ७० प्रतिशत, अम्रिसो १४ दशमदव ९० प्रतिशत र छुर्पी निर्यातमा एक दशमलव पाँच प्रतिशतले कमी आएको छ। मेची भन्साबाट गत आव २०८१/८२ मा २५ अर्ब १३ करोड ९७ लाख ५० हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend