आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

विदेशी मुद्राको विनिमयदर तोकियो, डलरको बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा

images
आइतबार, साउन ११ २०८२
images
images
विदेशी मुद्राको विनिमयदर तोकियो, डलरको बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा तोकिएको छ।

images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा तोकिएको छ।

images
images

युरोपेली युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा तोकिएको छ।

images
images

स्वीस फ्रयाङ्कको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।

images
images
images

त्यस्तै, क्यानाडियन डलरको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २३ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा रहेको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा तोकिएको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४ रुपैयाँ २८ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८६ पैसा रहेको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५४ पैसा, डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनारको खरिददर ४५२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ३५ पैसा, बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ०८ पैसा रहेको छ।

त्यसैगरी, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले भने आ–आफ्नो सुविधाअनुसार फरक विनिमयदर तोक्न सक्ने व्यवस्था रहेको छ। अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध गराइने जनाइएको छ। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२०६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend