सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

काठमाडौंमा पानीजन्य जोखिम घटाउन अनुगमन, १५९ जार नष्ट

शुक्रबार, साउन ९ २०८२
काठमाडौंमा पानीजन्य जोखिम घटाउन अनुगमन, १५९ जार नष्ट

त्यस्तै, कामपाले हैजा रोग नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमुना परीक्षण गर्ने तायरीसमेत गरेको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ। कामपाले यही असारमा गरेको अनुगमनका क्रममा एकसय ५९ पिउने पानी बोकेको जार नष्ट गरेको हो।

अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका सवारीसाधन, पिउने पानीको जारको नियमित अनुगमन गरेको जनाएको छ। 
   
अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका जारलाई कामपाले अनुगमनकै क्रममा नष्ट गरेको कामपाका कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए। कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार भेटिने गरेको र उक्त जारहरू नष्ट गर्ने गरिएको उनले बताए।

अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित पिउने पानीका जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको पनि न्यौपाने जानकारी दिए।

त्यस्तै, कामपाले हैजा रोग नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमुना परीक्षण गर्ने तायरीसमेत गरेको छ। पानीको नमूना परीक्षणसँगै कामपाको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम गर्न सुरू गर्ने तयारी गरेको कामपा महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि फोकल पर्सन ऋषि भुसालले जानकारी दिए।

भुषालका अनुसार विगतको वर्षमा भन्दा यसवर्ष मनसुन छिट्टै भित्रिएको र नियमितजस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने अनुमान गर्दै कामपाले नियन्त्रणका लागि काम थालनी गर्न लागेको हो। विगतका वर्षहरूमा बल्खु, कालीमाटी, टंकेश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend