शनिबार, साउन १० गते २०८२    
शनिबार, साउन १० २०८२
images
images

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थल पुनःनिर्माणबारे छलफल

images
शुक्रबार, साउन ९ २०८२
images
images
गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थल पुनःनिर्माणबारे छलफल

विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो।

images

काठमाडौं- गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच आज कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ।

images
images

विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो। उनीहरुसँगै बैठकमा नागरिक उड्डयन प्राधिकरण, कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक इन्जिनियर बाबुराम पौडेललगायतको सहभागिता थियो। 

images
images

विमानस्थलको रन्वे निर्माण, टर्मिनल भवन निर्माण, विद्युत् विस्तारलगायतका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

images
images
images

'विमानस्थल पुनःनिर्माण चाँडो सक्ने र अस्थायीरुपमा सञ्चालन गर्ने विषयमा सरोकारवाला अधिकारीसहितको उपस्थितिमा छलफल भएको हो', गृहमन्त्री लेखकका प्रमुख स्वकीय सचिव ईश्वरीप्रसाद जोशीले भने, 'विमानस्थल पुनः सञ्चालन गृहमन्त्री लेखकको प्राथमिकता तथा निर्वाचनमा मतदातासामु गरेको प्रतिवद्धता पनि हो, त्यो पूरा हुने प्रक्रियामा छ।'

मझगाउँ विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि पाँच करोड र रन्वे निर्माण गर्न १३ करोड ३० लाख रूपैयाँ बजेट संघीय सरकारले विनियोजन गरेको छ।

'बजेटको सीमितताबीच मझगाउँ विमानस्थल पुनःनिर्माण गर्न राम्रै बजेट विनियोजन गरेका छौँ', पर्यटनमन्त्री पाण्डेले भने, 'विमानस्थल पुनः सञ्चालनलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ।'

मझगाउँ विमानस्थलको दीर्घकालीन महत्व रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले पुनःनिर्माण र पुनःसञ्चालन गर्न अब ढिलाइ गर्न नहुने बताए। 'संघीय सरकारले विमानस्थलका लागि उचित बजेट सम्बोधन गरेको छ', उनले भने, 'प्रदेश र स्थानीय सरकारले पनि विमानस्थल पुनःनिर्माणमा साझेदारी गरेका कारण काम द्रुतगतिमा अघि बढेको छ।'

कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं गृहमन्त्री रमेश लेखककै पहलमा लामो समय गौचरनमा परिणत भएको मझगाउँ विमानस्थलले पुनःनिर्माणमा गति पाएको हो। 'दक्षिणतर्फ नेपाली सेना र रत्न पाटिकाको जमिन विमानस्थलका लागि उपयोग गर्ने विषयमा विगतमा भएको विवाद समाधान भएर काम सुरु भइसकेको छ', गृहमन्त्री लेखकले भने, 'विद्युत् विस्तार र सुरक्षा प्रबन्धका लागि पनि पहल भइसकेको छ।'

केही दिनअघि विमानस्थलको स्थलगत निरीक्षण अवलोकनका लागि मझगाउँ पुगेका गृहमन्त्री लेखकले विमानस्थल पुनःनिर्माणमा कुनै समस्या नहुने बताएका थिए। एक हजार ५ सय २५ मिटरको रन्वे निर्माण गर्ने क्रममा नेपाली सेनाले एकसय ५० मिटर जमिन विमानस्थल विस्तारका लागि उपलब्ध गराइसकेको छ। रन्वे निर्माण आगामी माघसम्म सक्ने गरी काम अघि बढेको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend