शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमसीसी नबुझी विरोध प्रदर्शन नगर्न कांग्रेस महामन्त्री शर्माको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ८ २०७८
एमसीसी नबुझी विरोध प्रदर्शन नगर्न कांग्रेस महामन्त्री शर्माको आग्रह

झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन्।

झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसीसीबारे स्पस्ट धारणा राख्दै आएको बताए।

सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दाबी गर्दै शर्माले भने, 'एमसीसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो। ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो। तसर्थ भारतको समर्थन खोजिएको हो।'

उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताएका छन्। उनले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पारे।

'बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो', शर्माले भने, 'प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो। अहिले त्यसको विरोध किन? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु। तपाईंहरू तयार हुनुहुन्छ?' रासस


प्रकाशित : आइतबार, फागुन ८ २०७८१२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend