सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

काँकरभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबारको सामान आयात

शुक्रबार, साउन ९ २०८२
काँकरभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबारको सामान आयात

आव २०८०/८१ को तुलनामा गत आवमा दुई अर्ब ९३ करोड ८१ लाख रूपैयाँभन्दा बढीको सामान आयात गरिएको हो।

झापा- पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ४७ अर्ब ६० करोड ६ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ। आव २०८०/८१ को तुलनामा गत आवमा दुई अर्ब ९३ करोड ८१ लाख रूपैयाँभन्दा बढीको सामान आयात गरिएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ। उनले पेट्रोलियम पदार्थ १९ अर्ब ९४ करोडको आयात हुँदा चार अर्ब ४५ करोड रूपैयाँभन्दा बढीका जुट तथा जुटका सामग्री आयात भएका जानकारी दिए।

गत आवमा आयात र निर्यातमा सामान्य वृद्धि भएको भन्सार अधिकृत हुमागाईँले बताए। उनका अनुसार आयातमा ६ दशमलव ५८ प्रतिशत अर्थात् दुई अर्ब ९३ करोड रूपैयाँले वृद्धि हुँदा निर्यात भने दुई दशमलव ९६ प्रतिशत अर्थात् ७२ करोड २७ लाख रूपैयाँले बढेको छ।

गत वर्ष यो नाका हुँदै २५ अर्ब १३ करोड ९७ लाख मूल्य बढीका वस्तु तथा सामान निर्यात गरिएको भन्सार अधिकृत हुमागाईँले जानकारी दिए। आव २०८०/८१ मा २४ अर्ब ४१ करोड ७० लाख रूपैयाँ मूल्य बराबरको वस्तु निर्यात गरिएको थियो।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend