सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरु छन् : परराष्ट्रमन्त्री राणा

शुक्रबार, साउन ९ २०८२
नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरु छन् : परराष्ट्रमन्त्री राणा

नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटद्वारा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरमा परराष्ट्रमन्त्री आरजु राणाले पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट पारिन्।

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल र थाइल्याण्डबीच कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गरेकी छिन्।

नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटद्वारा आज राजधानीमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिकलगायतका धेरै क्षेत्रमा समानता रहेका बताइन्।

मन्त्री डा राणाले दुई देशबीच पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समिृद्धिलगायतका समानताहरु रहेका चर्चा गरिन्।

पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री डा राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरुलाई आग्रह गरिन्।

नेपाल उद्यमशीलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकला लगायतका कैयौँ वस्तुको उत्पादन विश्व बजारको आकर्षण पनि बनेको भन्दै उहाँले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरुलाई आग्रह गरेकी हुन्।

नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा  सहमति र समझदारीहरु भएका पनि स्मरण गरिन्। सो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्ने पनि उनले बताइन्।


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend